सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक हुन सक्छ । तर, पनि सुन्दरताको विषयमा संसारभर अनेकौं प्रतियोगिता हुने गरेको छ । महिलाको सुन्दरतालाई नाप्ने कुनै यन्त्र त हुँदैन तर अधिकांश मानिसको धारणाका आधारमा सुन्दरतालाई मापन भने गर्न सकिन्छ ।
सुन्दरताको आधारमा विश्वभरिका मानिसहरुलाई दुई भागमा विभाजन गरिएको छ : सुन्दर र कुरुप । हरेक वर्ष सुन्दरी प्रतियोगिता मार्फत् विश्वकै सुन्दर महिला छनोट गरिन्छ । यस वर्षकी विश्व सुन्दरी हुन् भारतकी मानुषी चिल्लर । त्यस्तै विश्वकै कुरुप महिलाका रुपमा पनि कोही घोषित भएको छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । यद्यपी यो सत्य हो ।
लिज्जी वेलासक्वेज, संसारको सबै भन्दा कुरुप महिला भनेर चिनिन्छिन् । वेलासक्वेज (१९८९, मार्च १३) जन्मदा नै उनलाई मार्फानोइड–प्रोजेरेइड–लिपोडेस्ट्रोफी सिंड्रोम भन्ने रोग लागेको थियो । उनी अरु बच्चा भन्दा कम तौलकी थिइन् । लिज्जी सहित यो र्दुलभ रोग संसारमा तीन जनालाई अन्यलाई छ ।
हुर्कंदै गर्दा उनको अनुहारको संरचना फरक हुन थाल्यो । उनको अनुहार उमेर भन्दा बुढो देखिन्थ्यो । सानो हुँदा उनले धेरैको दुव्र्यवहार सहेकी थिइन् । धेरैले उनलाई उनको अनुहार र शरीरको बनावट कारणले गिज्याउने गर्थे । जब उनी पहिलो पटक स्कुल गइन्, उनलाई अरु भन्दा छुट्टै छु भन्ने लागेको थियो ।
उनी कलेज गएको पहिलो दिन, एकजना केटी उनलाई देखेर डराएकी थिइन् । उनको स्कुल, कलेजमा कोही पनि साथीहरु थिएनन् । उनले घर गएर आफ्नो आमा बुबालाई प्रश्न गरिन्, ‘किन मलाई कसैले मन पराउँदैनन् ? मेले के गल्ती गरे ?’ उनको बुबा आमाले उनलाई ‘तिम्रो केही गल्ती छैन तर तिमी अरु भन्दा फरक छौ’ भनेर सम्झाएका थिए ।
उनी हरेक रात सुत्ने बेलामा प्रार्थना गर्थिन् । बिहान उठ्दा केही अचम्म होस् र आफूमा परिवर्तन आओस् भनेर । उनी सोच्ने गर्थिन कि उनी राम्री भएको भए शायद उनलाई आफ्नो जीवन जिउन सजिलो हुन्थ्यो भनेर ।
जब उनी १७ वर्षको भइन्, उनले युट्युवमा आफ्नो भिडियो देखिन् । उक्त भिडियोको शीर्षक थियो, ‘संसारको सबैभन्दा कुरुप महिला ।’ भिडियोको कमेन्टमा पनि उनको अनुहारलाई गिज्याइएको थियो । त्यस भिडियो चार लाखभन्दा बढी मानिसले हेरेका थिए । त्यसमा हजारांै कमेन्ट थियो । कुनै पनि कमेन्ट उनले आफ्नो पक्षमा भएको पाइनन् । उनले पढेको पहिलो कमेन्टमा लेखिएको थियो, ‘संसारलाई एउटा कृपा गर । पसलमा गएर बन्दुक किन, टाउकोमा राख र आफूलाई मार ।’ उनले त्यो वाक्य हेरेपछि डिप्रेसनमा गइन् । उनको आमा बुबाले त्यो भिडियो युट्युवबाट हटाउन आग्रह पनि गरेका थिए । तर, त्यस व्यक्तिले अस्वीकार गरे ।
तर उनले हिम्मत हारिनन् । डिप्रेसनबाट निस्के पछि उनले आफूलाई जस्तो त्यस्तै स्वीकार गरिन् । उनले हजारौं नकारात्मक अभिव्यक्तिलाई आफ्नो शक्तिमा परिणत गरिन् र आज उनी सफल व्यवसाय, लेखक तथा प्रेरक वक्ता हुन् ।
लिज्जीको अहिल सम्म चारवटा पुस्तकहरु प्रकाशित भएका छन् । ती सबै पुस्तक उनको जीवनको संर्घष र सुन्दरताको विषयमा आधारित छ ।
‘संसारको सबैभन्दा कुरुप महिला ।’ भन्ने भिडियोको कमेन्ट उनलाई नराम्रो भन्ने ती व्यक्तिहरु आज उनको कामको प्रशंसा गर्दौ छन् । जतिले उनलाई घृणा गर्थे आज ती मानिसहरुले उनलाई प्ररणाको रुपमा लिएका छन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया