‘निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । 

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन शनिबार दिउँसो १ बजेबाट काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको हो । 

निर्मलाका निम्ति न्याय माग्न हजारौंको संख्यामा प्रदर्शनकारी सहभागी भएका छन् । 

निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशकमा विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै जनभेला भएको छ ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?