बलिउड स्टार गोविन्दा काठमाडौंमा

काठमाडौं । बलिउड स्टार गोविन्दा काठमाडौं आएका छन् । 

आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन गोविन्दा शनिबार काठमाडौं आएका हुने । 

तीन दिन काठमाडौंमा बस्ने गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए  ।

उनले काठमाडौंमा रहँदा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने आफ्नो योजना रहेको बताए । साथै उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।

गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?