म्यांगकुट आँधीले फिलिपिन्समा १४को मृत्यु

एजेन्सी: म्यांगकुट आँधीले गर्दा फिलिपिन्समा १४ जनाको ज्यान गएको छ । यो चत्रवाती आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा व्यापक ध्वंस ल्याएको छ ।

फिलिपिन्सको लुजोन टापूमा यसले ध्वंस गरी अब म्यांगकुट आँधी अब पश्चिममा चीन तर्फ अगाडि बढिरहेको छ ।

यो आँधीका कारण फिलिपिन्सका ४२ स्थानमा पहिरो गएको छ । वर्षा र बाढीले ५० लाख मानिस प्रधावित भएका छन् ।

अहिलेसम्म हजरौंलाई सुरक्षित स्थानमा पु-याइएको छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमआ)ेले जनाए अनुसार यो चक्रवाती आँधी अहिलेसम्मकै सबै भन्दा शक्तिशाली मानिएको छ ।

पूर्वानुमान अनुसार यो आँधी आइतबार अपरान्ह हङकङ भएर जानेछ । मकाउमा यो आँधीबाट जोगिन आवश्यक तयारी गरिँदै छ ।

यो आँधी मंगलबार कमजोर हुने अपेक्षा गरिएको छ ।

फिलिपिन्समा अहिलेसम्म सबैभन्दा खतरनाक आँधी २०१३मा आएको थियो ।

त्यतिखेर ७ हजार भन्दा बढीको ज्यान गएको थियो ।

फिलिपिन्सका अधिकारीहरूका अनुसार आँधीबाट मुकाबिला गर्न यो पटक बढी तयारी गरिएको छ ।

चीनको सम्भावित क्षेत्रमा यसबारे पूर्व सतर्कता अपनाउन भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?