दुनियाँकै सबै भन्दा पुरानो मदिरा भट्टी

एजेन्सी :अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले इजरायलको ह्याफा निकट प्रागैतिहासिक कालको एक गुफाबाट दुनियाँकै सबै भन्दा पुरानो मदिरा भट्टी फेला परेका हो ।

त्यहाँबाट १३००० वर्ष पुरानो बियरको अंश फेला परेको उनीहरूले जनाएका छन् ।

मरेपछि मानिसलाई गाडिने गरिएको एक क्षेत्रमा अनुसन्धानकर्ताहरूले अनुसन्धान गरिरहेका बेला यो फेला परेको हो ।

यो क्षेत्र घुमन्ते शिकारीहरूको रहेको अनुमान  गरिएको छ ।

अहिलेसम्म बियर बनाउने प्रक्रिया ५००० वर्ष पुरानो मानिएको थियो ।

यो नयाँ खोजबाट बियरको इतिहास फेरिन सक्ने देखिएको छ ।

बियरका सम्बन्धमा पहिले अनुमान गरिएजस्तो  विषयमा केही परिवर्तन हुन सक्ने देखिन्छ ।

जर्नल अफ आरकियोलजिकल साइन्सको अक्टोबर रिर्पोट अनुसार मृत मानिसको अनुष्ठान समारोहमा सम्मान दिन बियर बनाउने गरिएको थियो ।

स्टयान्डफोर्ड युनिभर्सिटीकी प्रोफेसर ली लिउले भने “यो मानव निर्मित मदिराको निर्माण गर्ने सबै भन्दा पुरानो रेकर्ड यो हो ।”

लिउका अनुसार त्यतिखेर मानिसहरू के खाना खाने गरेको त्यसबारे अनुसन्धान गरिरहेका बेला उनीहरूले गहँु र जौबाट मदिरा बनाइएको मदिराको अंश फेला पारेका हुन् ।

बियरको यो अंश उनीहरूले ढुंगामा बनाइएको गोलाकार खाल्डोबाट फेला पारेका हुन्  ।

ढुंगामा बनाइएको २४ इन्च गहिरो यो खाल्डो सामान राख्न वा वनस्पतिलाई पकाउन गर्न बनाइएको अनुमान छ ।

अहिलेको बियरजस्तो प्राचीन समयको बियर थिएन् । त्यतिखेरको बियर जाउलो जस्तो थियो ।

फेला परेको बियरको अंश जस्तो बियरा उनीहरूले तुलनात्मक अध्ययनका लागि बनाएको थिए ।

विभिन्न अन्नहरूको प्रयोग गरि बनाइएको बियर आधुनिक बियरको तुलनामा राम्रो नरहेको पाइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?