रसुवागढी हार्इड्रोपावरमा पहिरो, २ जना मजदुरको मृत्यु, ९ जना घार्इते

धुन्चे : रसुवास्थित गोसार्इकुन्ड गाउँपालिकामा निमार्ण भर्इरहेको रसुवागढी हार्इड्रोपावरको क्याम्पमा पहिरो खस्दा २ जना मजदुरको ज्यान गएको छ  भने ९ जना घार्इते भएका छन् । 

गएराती झरेको पहिरोमा परि रूकुमका ५० बर्षीय भीम रोक्का र हेटाैंडाका २२ बर्षीय रमेश कुप्रोलाको ज्यान गएको हो । 

घार्इते ९ जनामध्ये ४ जनालार्इ उपचारका लागि काठमाडाैं पठार्इएको र बाँकी ५ जनालार्इ क्याम्पभित्रको प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा राखि उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जानकारी दिएको छ । 

पहिरोमा परि १ जना चिनियाँ नागरिक पनि घार्इते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?