खोटाङ भूकम्प अपडेट : केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी

लोकपथ
196
Shares

खोटाङ । नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता पुगेको छ ।

भूकम्पले गरेको क्षतिको विवरण तथा अवस्था बुझ्न प्रहरीको टोली गएको कोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले भने ।

‘भूकम्पको केन्द्रविन्दु भएको भएको ठाउँमा अहिले प्रहरी टोली पुगीसकेको छ,’ उनले भने ।

आज विहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो ।

‘भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मानविय क्षति केही भएको छैन,’ खोटाङका प्रमुख जिल्ला अधिकारी सेडाईले भने, ‘केही पुराना घरहरु चर्केको, पालि भत्केको खबर प्राप्त भएको छ ।’

अहिले जिल्लाभरीबाट विवरण संकलन गर्ने काम भइरहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?