काठमाडौं । भारतका चर्चित सुपरस्टार गायक स्वर्गीय मोहम्मद रफीका सदाबहार गीतहरु आज पनि मानिसको मनमा बसेको छ । उनले गाएको हरेक शब्द प्रेमी प्रेमीकाहरुको मुटुमा बिझ्ने गरेको छ ।
मोहम्मद रफीले आफ्नो सम्पूर्ण जीवन गायनमा समर्पित गरेका थिए, जीवनको अन्तिम दिन पनि रफी साहब गीत रेकर्डिङमा व्यस्त थिए । ३१ जुलाई १९८० मा, मोहम्मद रफीले संसारबाट बिदा भएका थिए । उक्त दिन भारतीय सिने र गायन जगतले एक अमूल्य हीरा गुमाएको थियो ।
आज मौसम बडा बैमान हे, अभि ना जाओ छोडकर, गुलाबि आँखे, क्या हुँवा तेरा वाधा, तारफि करु क्या उसकी, ए दिल तुमबिन आदि उनका चर्चित गीतहरु हुन् ।
१३ वर्षको उमेरमा गाएका थिए पहिलो गीत :
मोहम्मद रफीले १३ वर्षको उमेरमा पहिलो प्रस्तुति दिएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार रफीले आफ्नो करियरमा करिब २६ हजार गीत गाएका थिए । मोहम्मद रफीलाई पहिलो पटक लाहोरमा एक कन्सर्टको क्रममा केएल सहगलको गीत गाउने अनुमति दिइएको थियो। सन् १९४८ मा उनले राजेन्द्र कृष्णनले लेखेको ‘सुन सुनो आये दुनियाँ वाले बापूजी की अमर कहानी’ गीत गाए । यो गीतलाई जनताले यति रुचाएका थिए कि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई आफ्नो घरमा गीत गाउन बोलाए ।
मोहम्मद रफीको जीवन :
मोहम्मद रफीको जन्म पञ्जाबको कोटला सुल्तान सिंह गाउँमा हाजी अली मोहम्मदको परिवारमा भएको थियो । ६ दाजुभाइमध्ये रफी माइला भाई थिए। भनिन्छ, सडकमा मानिसहरुले गाएको सुनेपछि मोहम्मद रफीले गाउन थालेका थिए ।
संगीतप्रतिको उनको समर्पण कै कारण आज उनी यस संसारमा नभएपनि उनको कालजयी गीत र उनको रचनाहरु जस्वन्त छन् ।
मोहम्मद रफी एकदमै साधारण मानिस थिए, उनी सिनेमाको यो चर्चित दुनियाँमा चर्चित नाम थिए, तर उनलाई पब्लिसिटी पटक्कै मन पर्दैनथ्यो।
उनको बारेमा यस्तो किस्सा छ कि उनी कोही कसैको विवाहमा जानुपर्ने हुँदा आफ्नो गाडीको चालकलाई गेटमै उभिन लगाउथे र सिधै विवाह मण्डपमा गएर जोडीलाई बधाई दिन्थे र त्यसपछि आफ्नो कारमा आउथे ।
उनलाई चङ्गा उडाउने र ब्याडमिन्टनको निक्कै शोक थियो :
रफीको गीत गाउने लगाव सबैलाई थाहा छ, तर काम बाहेक अन्य कुरामा रुचि छ भन्ने धेरैलाई थाहाँ नहुँन सक्छ । रफी गायनसँगै ब्याडमिन्टन खेल्न र चङ्गा उडाउन मन पराउथे ।
१९ वर्षको उमेरमा विवाह :
१९ वर्षको उमेरमा मोहम्मद रफीले बिल्किस बानासँग विवाह गरेका थिए । गायकको मृत्युको आठ वर्षपछि श्रीमती बिल्किसले एक अन्तर्वार्तामा रफी साहबका बारेमा धेरै रोचक कुरा बताइन् र उनीहरुको विवाहको बारेमा पनि कुरा गरेकी थिइन् ।
बिल्किसकी जेठी बहिनीको विवाह रफीका जेठा भाइसँग भएको थियो । त्यतिबेला बिल्किस भर्खर १३ वर्षकी थिइन् र छैठौं कक्षाको परीक्षा दिईरहेकी थिइन् र त्यही क्रममा उनकी बहिनीले भोलि तिम्रो रफीसँग बिहे गर्ने बताइन् । त्ययतीबेला उनलाई विवाहको अर्थ पनि थाहा थिएन । विवाहका बेला रफी पनि १९ वर्षका मात्रै थिए ।
रफीको मृत्यु भएको त्यो दिन :
रफीको मृत्यु भएको त्यो दिन कलकत्ताका केही मानिसहरूले रफिलाई माँ कालीको पूजाको लागि गीत गाउन अनुरोध गरेका थिए। रफीले माँ कालीको पूजाको लागि गीत गाउने बाँचा गरेकाले उनी अस्वस्थ भएका बाबजुद पनि अनले गीत गाएका थिए । उक्त समयमा रफीको छातीमा समस्या थियो तर रफीले कसैलाई भनेनन् र गीत रेकर्डिङमा व्यस्त थिए । यसपछि उनको हृदयघातका कारण मृत्यु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया