उत्तर कोरिया भन्छ–सोनी ह्याक गरेको भनिएका अस्तित्वै नभएको मान्छे

एजेन्सी : उत्तर कोरियाले सन् २०१४मा सोनी पिक्चर्सको ह्याक गरेको भनिएको मानिसको अस्तित्वै नभएको बताएको छ ।

अमेरिकाले अस्तित्वै नभएको मान्छे देखाएर आरोप लगाए दुई देशबीचको सम्बन्धी बिग्रिने उत्तर कोरियाले चेतावनी दिएको छ ।

अमेरिकाको न्याय विभागले विश्वभर विभिन्न ध्वंसात्मक साइबर आक्रमणमा पार्क जिन हयोक नाम गरेको उत्तर कोरियाली मानिस भएको ६ सेप्टेम्बरमा आरोप लगाएको थियो ।

पार्कले सोनी पिक्चर्ससमेतलाई ह्याक गरेको र सन् २०१७मा बेलायतको राष्ट्रय स्वास्थ्य सेवामा पनि पटक पटक साइबर आक्रमण गरेको अमेरिकाको आरोप छ ।

अमेरिकाको ट्रजेरी डिपार्टमेन्टले पनि पार्क आफ्नो निषेधित सूचीमा रहेको जनाएको छ ।

पार्क उत्तर कोरियाको सरकारले सञ्चालन गर्ने लजारुस समूह समेतले चिनिने ल्याब ११०को सदस्य रहेको अमेरिकी नियोगहरूको आरोप छ ।

उत्तर कोरियाले पार्कसम्बन्धी जानकारी गलत र झूठो भएको भन्दै यो उत्तर कोरियालाई बदनाम गराउन गरिएको चलखेल भएको आफ्नो सरकारी समाचार नियोग केसीएनएले जनाएको छ ।

केसीएनएले अस्तित्वै नभएको मान्छेले ह्याक गरेको भनेर अमेरिकाले गरेको दाबी अर्थहीन र झूठो भएको जनायो ।

यो भ्रम पार्ने खालको जानकारी छ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईले पार्कको पोस्टर तयार पारेको छ ।

उत्तर कोरियाले सबै खाले साइबर आक्रमणको विरोध गरेको पनि जनाएको छ ।

बंगलादेश बैंकको ८ करोड १० लाख अमेरिकी डलर ह्याक गर्नेहरू पनि उत्तर कोरियाली रहेको आंशका गरिएको छ ।

उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्धता जनाउँदै अर्को शिखर वार्ताका लागि आग्रह गरेको बेला अमेरिकाले यस्तो आरोप लगाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?