ट्रम्पद्वारा चिनियाँ सामानमा महशुल बढाउन आदेश

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा नयाँ चरणको महशुल थप्न अमेरिकी अधिकारीहरूलाई आदेश दिएको अमेरिकी मिडियाहरूले जनाएका छन् ।

चीनबाट अमेरिकामा आयात गरिने २ खर्ब अमेरिकी डलर बराबरको वस्तुहरूमा यो महशुल थपिने यो आदेश कार्यान्वयन हनुे अपेक्षा गरिएको छ ।

चीनबाट आयात हुने इलेक्ट्रोनिक वस्तुका पार्टपुर्जा र हातेझोला जस्ता उपभोक्ता वस्तुमा यो महशुल बढाइने भएको छ ।

यस अमेरिकाले चीनबाट आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको वस्तुहरूमा महशुल थपेको थियो ।

त्यसको जवाफमा चीनले पनि अमेरिकाबाट आयात गरिने ५० अर्ब बराबर वस्तुहरूमा भन्सार मशहुल थपेको थियो ।

सेप्टेम्बर ७मा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ वस्तुहरूमा छिट्टै महशुल थपिने जनाएका थिए ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका व्यापार प्रतिनिधिहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?