जासुसीको झूठो आरोप खेप्ने ‘इसरो’ वैज्ञानिकलाई ५० लाख क्षतिपूर्ति

एजेन्सी: जासुसी गरेको झूठो आरोप लगाइएका अन्तरिक्ष क्षेत्रको ध्ययन गर्ने भारतीय अध्ययन संस्थान इसरोका वैज्ञानिक डाक्टर एस नाम्बी नारायणनलाई क्षतिपूर्तिस्वरूप ५० लाख तिर्न आदेश दिइएको छ ।

भारतको सर्वोच्च अदालतले नारायणनमाथि लगाइएको आरोप गलत भएको भन्दै क्षतिपूर्ति स्वरूप यो रकम दिन आदेश दिएको हो ।

तर डा. नारायणनले यो मामिलामा आफूले पाएको कष्टको भर्पाई ५ करोड रुपियाँ दिँदैमा नहुने बताए ।

२४ वर्ष अधि उनका विरूद्ध मामिला बनाइ फसाइएको थियो ।

साथै सर्वोच्चले यो मामिलाको जाँचका लागि सर्वोच्चका सेवा निवृत न्यायाधीश डीके जैनको नेतृत्वमा एक जाँच आयोग गठन गरी जाँच गर्न आदेश दिएको छ ।

सन् १९९८मा सर्वोच्चले नारायणनले यो मामिलामा सफाइ दिएको थियो ।

तर केरल हाई कोर्टले डा. नारायणनसहित ६ जनालाई गिरफ्तार गर्ने प्रहरी अधिकारीका विरूद्ध कुनै कारबाही गर्न आदेश दिएन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?