दलाई लामा भन्छन् –“बौद्ध धर्मगुरूबाट यौन दुराचार हुने गरेको थाहा छ”

एजेन्सी : बौद्ध धर्मका गुरू दलाई लामाले बौद्ध धर्मगुरूहरूबाट यौन दुराचार भइरहेको आरोप आफूलाई थाहा भएको बताएका छन् ।

सन् १९९० देखि यस्ता आरोप आइरहेको यसमा कुनै नयाँ नभएको उनले बताए ।

विश्वका करोर्डौ बौद्ध धर्मावलम्बीरूका श्रद्धाका प्राप्त तिब्बती धार्मिक नेता दलाई लामाले  निदरल्याण्डको चार दिने भ्रमणमा यस्तो बताएका हुन् ।

निदरल्या०डमा उनले यौन दुराचारमा संलग्न भएको आरोप लागेका बौद्ध धर्म गुरूसँग भेटेका थिए ।

पीडितहरूले भेट्न गरेको आग्रहको माग पूरा गर्न दलाई लामा त्यहाँ पुगेका हुन् । उनले युरोपका अन्य ठाउँमा यस्ता पीडितहरूसँग भेट गर्ने भएका छन् ।

लामाले भने “ २५ वर्ष अघि भारतको हिमाचल प्रदेशमा रहेको धर्मशालामा पश्चिमा बौद्ध धर्म गुरूहरूको सम्मेलन भएको थियो । 

त्यहाँ कसैले यौन दुराचारको अरोपबारे उल्लेख गरेका थिए ।”

८३ वर्षीय तिब्बती नेता धर्मशालामा निर्वासित नेताको जीवन बिताइरहेका छन् ।

अंग्रेजीमा बोल्दै लामाले भने “ यौन दुराचारमा संलग्न जो सुकै भएपनि उनीहरूले बौद्धको उपदेशलाई ध्यान दिँदैन् ।

त्यसैले सबै कुरो सार्वजनिक हुँदै आएका छन् ,मानिसहरू आफ्नो लाज बारे चिन्तित हुनु पर्छ ।”

लामाका युरोप प्रतिनिधि क्षेतेन सामदुप छोएक्यापाले धर्मगुरू लामाले यस्ता गैरजिम्मेवार र अनैतिक व्यवहारको निरन्तर बहिष्कार गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?