सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकमको पनि दरिलो साथ

लोकपथ
63
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा सुधार देखिएको छ । आज सेयर बजार २.५५ प्रतिशतले वृद्धि भएको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा उक्लिएको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ९.७२ अंकले बढेर ४१९.२० बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर खरिदबिक्री हुँदा अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा फाइनान्स समूहबाहेको अन्य सबै समूह सेयर मूल्य बढेको छ ।

आइतबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको सेयरमूल्य घटेको छ । आज शिवम सिमेन्टले सर्वाधिक २१ करोड ३४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुड़ेन्सियल इन्स्योरेन्स, एनएलजि इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, गुडवील फाइनान्सको ऋणपत्र, नेसनल हाइड्रो पावर, मल्टीपपर्स फाइनान्स लगायतका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?