काठमाडौं । ४५ वर्षिय कोलम्बियन गायिका शाकिराविरूद्ध कर छलीको आरोप लागेको छ।
उनले २०१२ देखि २०१४ सम्म आयकर नबुझाएको र उक्त आरोप प्रमाणित भयो भने उनलाई ८ वर्ष जेल सजाय हुने बिबिसीले जनाएको छ ।
उनीविरूद्ध स्पेन सरकारलाई धोका दिएको आरोप लागेको छ। स्पेनिस अभियोजकले १४.५ मिलियन यूरो अर्थात् १८८ करोड (नेपाली रुपैयाँ) बराबरको कर छली गरेको आरोपमा उनीमाथि ८ वर्षको जेल सजाय माग गरेका छन्।
शाकिराले उक्त अवधिमा स्पेनमा नबसेको दाबी गरेकी छन्। उनले २०१२ मा बार्सिलोनामा एक घर किनेकी थिइन् जहाँ उनी पूर्वपति जेराई पिकसँग बस्दै आएकी थिइन्।
उनीहरुले १२ वर्ष लामो प्रेम सम्बन्धलाई टुंगाएर सम्बन्ध विच्छेद गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया