एशिया कप: बंगलादेशको विजयी शुरुवात, श्रीलंका पराजित

युएई । जारी एशिया कप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति सम्पन्न भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

२ सय ६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकाको पारी ३५ दशमलब २ ओभरमा मात्र १ सय २४ रनमा समेटिएको थियो । श्रीलंकाका लागि दिलरुवान परेराले २९ रन तथा उपल थारंगाले २७ रनको योगदान दिए ।  सुरंगा लक्मलले २० रन जोडेपनि अन्य ब्याट्सम्यानले बंगलादेशको  बलिङसामु उल्लेख्य रन बनाउन सकेनन् । 

बंगलादेशका मुस्ताफिजुर रहमान, हसन मिराज र माश्रफ मोर्टाजाले समान २-२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६१ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि मुसाफिकर रहिमले शतकीय पारी खेले ।

रहिमले १ सय ५० बलमा १ सय ४४ रनको योगदान दिए ।  मोहमद मिथुनले ६३ रन, महिदे हसनले १५, मार्साफी मोर्टाजाले ११ तथा मुस्ताफिजुर रहमान १० रन जोडेका थिए । 

जितपछि समूह ‘बी’ मा रहेको बंगलादेशले महत्वपूर्ण २ अंक जोडेको छ । एशिया कपमा ६ राष्ट्रको सहभागिता रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?