रामेछापका थामी बालबच्चाले नि:शुल्क पढ्न पाउने

काठमाडाैं : रामेछापका थामी बालबालिकालार्इ खाँडादेवी गाउँपालिकाले निशुल्क अध्ययनको व्यवस्था मिलाउने भएको छ । 

नेपालकै अति सिमान्तकृत र विपन्न समुदायका रूपमा चिनिने थामीका कुनै पनि बालबालिकाले अहिलेसम्म १० कक्षा वा सो सरहसम्मको पढार्इ सकेका छैनन् । 

थामी बालबालिकाको पढार्इका लागि अावश्यक पर्ने सबै खर्च स्थानीय सरकारले ब्यहोर्ने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । 

खाँडादेवी गाउँपालिकाले पहिलो चरणमा ६६ जना बालबालिकालार्इ शैक्षिक सामग्री वितरण गरेको छ । झोला, विद्यालय पोशाक, कापी-कलम र जुत्ता-मोजा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 

थामी बालबालिकाले पढ्न चाहुन्जेलसम्म लाग्ने खर्च गाउँपालिकाले नै ब्यहोर्ने अध्यक्ष तामाङले बताए । यसका लागि गाउँपालिकाले अावश्यक नीति नै बनाएको र प्राथमिक तहदेखि उच्चशिक्षासम्मका लागि गाउँपालिकाको सहयोग जारी रहने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?