इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी

इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सी विजयी भएका छन् । 

वेम्बली शनिवार राति सम्पन्न भएको खेलमा लिभरपुलले टोट्नह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको ३९ औँ मिनेटमा जिओर्जिनियो वाइनाल्डमले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडी रहेको लिभरपुलले दोस्रो हाफमा अर्को गोल थप्यो । खेलको ५४ औँ मिनेटमा रोबेर्टो फिर्मिनाले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्‍याए । 

खेलको अन्तिम समयमा टोट्नह्यामका एरिक लामेलो सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् । जितपछि ५ खेलबाट १५ अंक बनाएको लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै, शनिवार राति नै भएको अर्को खेलमा चेल्सीले कार्डिफ सिटीलाई ४-१ गोल अन्तरले हराउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । चेल्सीका लागि इडेन हाजार्डले ह्याट्रिक गरे । उनले खेलको ३७ औँ, ४४ औँ र ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

बाँकी एक गोल भने विलियनले खेलको ८३ औँ मिनेटमा गरे । कार्डिफ सिटीका लागि भने बाम्बाले १६ औँ मिनेटमा एक गोल गरेका थिए । जितपछि समान ५ खेलबाट १५ अंक नै बनाएको चेल्सी गोल अन्तरको आधारमा लिभरपुललाई पछि पार्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

 

शनिवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले, आर्सनलले न्युक्यास युनाइटेडलाई २-१ गोल अन्तरले तथा म्यान्चेस्टर युनाइटेडले वाडफोर्डलाई २-१ गोल अन्तरले पराजित ग¥यो । 

१० खेलाडीमा सिमित लेस्टर बर्नमाउथसँग ४-२ ले पराजित हँदा क्रिस्टल प्यालेसले हडर्सफिल्ड टाउनलाई १-० गोल अन्तरले पाखा लगायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?