काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको नेपाली चलचित्रमा पुनरागमन हुने भएको छ ।
रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘फूलबारी’ मा अनुबन्धित भएसँगै कार्कीको सिने नगरीमा पुनरागमन हुने भएको हो ।
उनी यो चलचित्रको प्रमुख भूमिकामा देखिने निर्देशक गुरुङले जानकारी दिए । फूलबारीमा यसअघि अभिनेता विपिन कार्की, दयाहाङ राई अनुबन्ध भइसकेका छन् ।
छोरीलाई जन्म दिएसँगै चलचित्र क्षेत्रबाट विश्राम लिएकी कार्की झण्डै तीन वर्षपछि फर्किन लागेकी हुन् । उनी अभिनित चलचित्र‘लक्का जवान’ दुई वर्ष अघि प्रदर्शनमा आएको थियो ।
भदौबाट छायाँकन सुरु हुने यो चलचित्रको सुटिङ काठमाडौं र मनाङमा गरिने निर्देशक गुरुङले बताए । यशोदा फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्ममा रंगमञ्चका कलाकारहरु पनि जोडिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया