काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज ९आइतबार० घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।
आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ । सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा जर्मनीले इंग्ल्यान्डलाई ६–२ अन्तरले पराजित गरेको थियो ।
यसअघि इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो । यता, प्रतियोगितामा एक मात्र गोल व्यहोरेको जर्मनीले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
हालसम्म इंग्ल्यान्ड र जर्मनी २७ पटक आमनेसामने भएका छन् । जसमा जर्मनीले २१ खेल जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया