जान्नुस्, ‘ग्रीन टी’ का फाइदै फाइदा

पछिल्लो समय हरियो चिया (ग्रीन टी) को प्रयोग बढ्दो छ । यदि तपाईं लगातार काम गरिरहनुहुन्छ भने तपाईंलाई पक्कै पनि थकाइ लाग्छ । तर ग्रीन टी ले तपाईंलाई फ्रेस बनाउन भूमिका बढाउन महत्त्वपूर्ण भूमिका निभाउने गर्छ । 

अझ ग्रीन टी ले मोटोपन घटाउन पनि उत्तिकै भूमिका खेल्ने गर्छ । आजकाल मोटोपन निकै चर्को भएर बढिरहेको छ ।  किनकि, मान्छे आफ्नो खानपान र रहन–सहनलाई खासै मेन्टेन राख्दैनन् ।

मान्छेको दिनचर्या बदलिँदै गइरहेको छ ।

उही मान्छे मोटोपनको शिकार हुने गर्छ, जो शारीरिक मेहनत कम गर्ने गर्छन् ।

एक नयाँ शोधले पत्ता लगाएको छ कि, हरियो चियामा पाइने एल थियानिन नामक अमिनो एसिडले तनावबाट मुक्ति दिने गर्छ । डाक्टरका अनुसार धुम्रपान गर्ने व्यक्तिले यति हरियो चिया पिउने गर्छन् भने उनीहरुलाई पनि यो चियाले राहत दिन सक्छ ।

ग्रीन टी लाई गुणकारी किन पनि मानिन्छ भने, धुम्रपान गर्ने व्यक्तिका लागि पनि यो लाभदायक छ । यसले बिस्तारै धुम्रपानको लत छुटाउँदै लैजान्छ ।

डाक्टरले भन्ने गरेका छन्, धुम्रपान छोडेपछि हरियो चिया खाने आदतले स्वास्थ्यमा पुगेको नोक्सानलाई पनि कम गर्ने गर्छ ।

साइन्स चाइना लाइफ साइन्सेज नामक एक जर्नलमा प्रकाशित भएको एक शोधमा चिकित्सकीय परीक्षणका आधारमा बनाएको ग्रीन टी ले गुणकारी भएको बताइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?