यू-१९ ‘एशिया कप’को खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा भारतको सामना गर्ने

एजेन्सी । आउँदो सेप्टेम्बर २९ तारिखदेखि बंगलादेशमा शुरु हुने यू-१९ युथ एशिया कपको खेल तालिका सार्वजनिक भएको छ। 

एशियन क्रिकेट काउन्सिल ‘एसीसी’ले शनिवार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

समूह ‘ए’ मा नेपालसँगै भारत, अफगानिस्तान र युएई छन्। गत वर्ष मलेसियामा भएको एशिया कपमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। 

एशिया कपको तयारीका लागि हाल नेपाल, भारत, नेपाल र अफगानिस्तानको टोली लखनउमा क्वाड्राङगुलर सिरिज खेलिरहेको छ। प्रतियोगिता अक्टोबर ७ तारिखसम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?