नेपाली सिनेमाः आलु खाएर पेडाको धाक?

काठमाडौं । हुन त यो नयाँ कुरा होइन, तर नेपाली फिल्म क्षेत्रमा केही अजिबका विकृति देखिइरहेका छन् । जस्तो कि, फिल्मले खासै कमाउँदैन तर समाचारमा भनिएको हुन्छ, ‘फलानो फिल्मले करोड कमायो ।’

केही समयसम्म त यस्ता समाचार हजम गरिन्थे । तर अहिले भने यस्ता समाचार आए कि, ट्रोल बन्न थालेका छन् । पछिल्लो समय दुई फिल्म ‘रोज’ र ‘रामकहानी’ मा फेक व्यापार देखाउने निकै प्रतिस्पर्धा भएको आरोप पनि आउने गरेको छ । यी दुवै फिल्मले समाचारका माध्यमबाट दर्शकलाई ‘झुक्याउन’ खोजेको भन्दै फिल्मकर्मी समेत यस विषयमा बोल्न थालेका छन् ।

तर, यिनै कुरा उठिरहँदा ‘रामकहानी’ ले भने २ करोडमाथिको ग्रस कलेक्सन गरेको जनाइएको छ । 

केही अनलाइन मिडियामा यी दुई फिल्मले २ करोडभन्दा बढी व्यापार गरेको समाचार लेखिएका छन् । फिल्ममा सत्यता नै होला । तर मिडियामा आएका समाचारलाई कतिपय दर्शकले भने यसलाई ‘आलु खाएर पेडाको धाक’ भन्न थालेका छन् ।

समाचारलाई हेर्दा दुवै फिल्मले गज्जबको व्यापार गरेको भान पर्छ ।

एक फिल्मकर्मी फिल्मका निर्माताहरूलाई व्यङ्ग्य गर्दै भन्दै थिए, ‘फिल्म डुब्छन् तर आफ्नो क्रेज जोगाउन विभिन्न हल्ला फैलाउन थालेका छन्, हुन त यो नयाँ प्रयोग चाहिँ होइन है !’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?