प्रदेश २ को सरकारले संविधान दिवस मनाउने, राजपाले विरोध गर्ने

काठमाडौं । संघीय समाजवादी फोरम र राजपा गठबन्धनले संविधान दिवस मनाउने भएको छ । मधेसकेन्द्रीत अर्को दल राष्ट्रिय जनता पार्टी ‘राजपा’ ले भने संविधान दिवसको विरोध गर्न केन्द्रीय स्तरबाट नै सर्कुलर गर्ने योजना अघि सारेको छ ।

राजपा गठबन्धन र संघीय समाजवादी फोरम दलले संविधान दिवसका दिन जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम तय भएको छ भने अन्य कार्यक्रम के गर्ने भन्नेमा छलफल भइरहेको प्रदेश २ का प्रदेश सचिव राजेन्द्रमान सिंहले बताए ।

यसअघि संविधान दिवसलाई कालो दिवस भनेर मनाउने गरे पनि यसपटक भने प्रदेश २ मा संघीय सरकारलाई समर्थन गरेकाले असोज ३ गते संविधान दिवस मनाउन लागेको हो ।

असोज ३ गतेलाई संविधान दिवस मनाउन प्रदेश सरकारलाई संघीय सरकारले पत्राचार समेत गरेको छ । प्रदेश २ को सरकारले मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारी गरेको हो ।

यता प्रदेश सरकारको गठबन्धन दल राजपाले भने संविधान दिवसका दिन मधेसमा विरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । मधेसवादी दल पनि दुई धारमा देखिएका छन् । मधेसवादी दलले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने कि दिवसका रुपमा मनाउने भन्नेमा अहिले अन्यौलता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?