‘सिएनआइ’का अध्यक्ष शर्माले भने, ‘चितवन-हेटौडा ‘बुलेट ट्रेन’ चाँडै सुचारु गर्नुस्’

काठमाडौं । नेपाल उद्योग परिसंघ ‘सिएनआइ’का अध्यक्ष हरिभक्त शर्माले चितवन-काठमाडौं ‘बुलेट ट्रेन’ परियोजनालाई चाडै सुचारु गर्न सुझाव दिएका छन् ।  

प्रदेश ३ का मूख्यमन्त्री लगायतसँग आइतवार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले बुलेट ट्रेनको प्रस्ताव गरेका हुन्। नेपाल उद्योग परिसंघ ‘सिएनआइ’ले आइतबार  प्रदेश ३ को आर्थिक समृद्धिको मार्गचित्र भन्दै आयोजना गरेको कार्यक्रममा शर्माले समृद्धिको खाका कोर्न बुलेट ट्रेन बनाउनु पर्ने बताएका हुन् । 

शर्माले आगामी पाँच वर्षभित्र प्रदेश ३ को प्रति व्यक्ति आय ४ हजार डलर बनाउने गरी काम गर्न पनि सुझाव दिए ।  हाल देशको प्रति व्यक्ति आय १००४ डलर छ। प्रदेश ३ को आय १५३४ डलर छ। शर्माले यसलाई ४ हजार डलर पु¥याउने गरी काम गर्न आग्रह गरेका हुन् । 

उनले भने ‘अहिले लगानी नगरी आर्थिक वृद्धी हुन सक्दैन् । प्रति व्यक्ति आय बढाउने गरि काम गर्ने वातारण सृजना गरिदिए त्यसमा हातमालो गर्न हामी तयार छौँ’ 

साथै, अध्यक्ष शर्माले चितवनमा ‘वर्ल्ड क्लास हाइटेक इन्ड्रस्ट्रियल पार्क’ बनाउन पनि सुझाव दिएका छन् ।  उनले त्यहाँ प्राविधिक विश्वविद्यालय पनि खोल्नु पर्ने बताए । 

कार्यक्रममा मूख्यमन्त्री डोरमणि पौडेल, ३ नम्बर योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मालगायतको उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?