इब्राहिमोभिचले खेल जीवनमा पुरा गरे पाँच सयौं गोल

एजेन्सी । स्विडेनका स्ट्राइकर जाल्टन इब्राहिमोभिचले खेल जीवनमा पाँच सय गोल गर्न सफल भएका छन् ।  

अमेरिकी मेजर लिग सकर क्लब ‘एलए ग्यालेक्सी’का भेट्रान स्ट्राइकर इब्राहिमोभिचले आइतबार टोरन्टोविरुद्ध एक गोल गर्दै पाँच सयौं गोल पुरा गर्न सफल भएका हुन् । 

३६ वर्षे इब्राहिमोभिचले खेलको ४३ औँ मिनेटमा गोल गरेका थिए । उनले जोनाथन सान्तोसको पासमा गोल गरेका हुन् ।  उनले पाँच सयौं गोलको पार गरेको खेलमा ग्यालेक्सीले ५-३ गोलले पराजित भएको थियो । 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ग्यालेक्सी लागेका इब्राहिमोभिचले यो सिजन ग्यालेक्सीबाट २२ खेलमा १७ गोल गरिसकेका छन् । इब्राहिमोभिचले खेल जीवनको पाँच सय गोल पुरा गर्ने क्रममा फ्रान्सको पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ बाट सर्वाधिक १ सय ५६ गोल गरेका छन् ।

त्यस्तै इन्टर मिलानबाट ६६, एसी मिलानबाट ५६, आयाक्सबाट ४८, म्यानचेस्टर युनाइटेडबाट २९, युभेन्ट्सबाट २६, बार्सिलोनाबाट २२ र माल्मोबाट १८ गोल गरेका छन् । साथै, उनले राष्ट्रिय टिमबाट ६२ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?