नयाँ नेपाल लघुवित्तको हकप्रदकमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रदमा आवेदन दिने आज (आइतबा) अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको एक सय कित्ता शेयर हुनेले दुई सय ५० कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

गत साउन २७ गतेदेखि कम्पनिले २५० प्रतिशत हकप्रदक शेयरको बिक्री खुला गरेको थियो । 

लघुवित्तले हकप्रद प्रयोजनका लागि गत साउन ७ गते सोमबार शेयर धनी दर्ता किताब बन्द गरेको थियो । जस अनुसार साउन ६ गते आइतबारसम्म कायम कम्पनीका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हकप्रदमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट हकप्रद भर्न मिल्नेछ । 

त्यसैगरि बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका तोकिएको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्ने छन् ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ  भने हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?