निर्मला बलात्कारपछि हत्या प्रकरण : गृहमन्त्री र आईजीपीकै मत बाँझियो

काठमाडौं । ५३ दिनअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमदत्त नगरपालिका २ महुलिया उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पाँच जना प्रहरी निलम्बन गरिएकोमा गृहमन्त्री र आईजीपीबीच मतान्तर देखिएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको दुई महिना हुन लाग्दा समेत  दोषी राज्यको संरक्षणमा रहेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेको अवस्थामा शनिबार साँझ गृहमन्त्रालयले पाँच जना प्रहरीलाई निलम्बन गरेको थियो । यहि विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मत बाँझिएको बुझिएको छ  ।

देशभर उग्र रुपमा चर्किएको आन्दोलनका कारण गृहमन्त्रीलाई दबाब बढेको थियो । यसैबिच अनुसन्धानमा खटिएका प्रहरी जो माथि आशंका गरिएको छ । उनीहरु   दोषी ठहर भए निलम्बनमात्र नभई जागिरबाटै  बर्खास्ती गर्नुपर्ने तर अनुसन्धान अधिकारीलाई निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश नजाने भन्दै महानिरिक्षक खनालले फरक मत राखिरहेको अवस्थामा शनिबार साँझमात्रै गृहमन्त्रालयले पाँच जना प्रहरीलाई निलम्बन गरेको थियो । गृह मन्त्रालयले मिडिया र नागरिक समाजको चर्को दबाबका कारण  अनुसन्धानकर्मी प्रहरीहरुलाई निलम्बन गरेर अर्को शिराबाट अनुसन्धान थाल्ने  तयारी थालेको छ । यद्यपी आईजीपी खनालले त्यसबाट सत्यतथ्य पत्ता नलाग्ने बताईरहेका छन् । 

गृह मन्त्रालयले मिडिया र नागरिक समाजको चर्को दबाबका कारण  अनुसन्धानकर्मी प्रहरीहरुलाई निलम्बन गरेर अर्को शिराबाट अनुसन्धान थाल्ने  तयारी थालेको छ ।

निलम्बित हुनेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् । गृहमन्त्रालयले अहिलेसम्म ६ जना प्रहरीलाई निलम्बन गरे पनि बालिकाको बलात्कारपछि हत्या भएको ५३ दिन बित्दासमेत राज्य गम्भिर नदेखिएको बरु दोषीलाई उन्मुक्ती दिन लागिपरेको भन्दै निर्मलालाई न्याय देउ भन्ने आह्वानसहितको आन्दोलन आइतबार पनि रोकिएको छैन । 

निलम्बित हुनेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।

न्यायको खोजीमा हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबाआमा यतिबेला काठमाडौँमा छन् । उनीहरुलाई अधिकारकर्मी  विभिन्न सामाजिक संघ संस्था, पेशाकर्मी, सञ्चारकर्मी ,आम नागरिक, अधिकारकर्मी, राजनीतिक दल, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिले स्वस्फूर्तरुपमा साथ दिईरहेका छन् ।

निलम्बित प्रहरीको पोलिग्राफ हुने

यसैबिच घटना छानबिन गर्न नेपाल प्रहरीले डीआईजी धीरु बस्नेत नेतृत्वको नौ सदस्यीय समिति गठन गरेको छ ।

यसअघि भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गर्दै प्रहरी मुख्यालयले निर्मला प्रकरणको छानबिनको जिम्मेवारी डीआईजी बस्नेतलाई दिएको हो । छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ । गठित समितिले निलम्बनमा परेका सबै प्रहरी अधिकृतहरुसँग बयान लिने र सीबीआर र पोलिग्राफ टेस्ट पनि गर्नेछ । थापाका अनुसार नौ सदस्यीय यो समितिमा आपराधिक घटनामा गहन अनुसन्धान गर्दै आएका अधिकृतहरुलाई राखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ । गठित समितिले निलम्बनमा परेका सबै प्रहरी अधिकृतहरुसँग बयान लिने र सीबीआर र पोलिग्राफ टेस्ट पनि गर्नेछ ।

निर्मलाको हत्या भएको ५३ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेको अवस्थामा देशव्यापी दबाब बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले सम्पूर्ण अधिकारसहित बस्नेतलाई छानबिनको जिम्मा सुम्पिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?