काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपालले बंगलादेशमा हुने पाँचौ बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबल खेल्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै बंगलादेशको राजधानी ढाकामा हुने बंगबन्धु गोल्डकप पाँचौ संस्करण खेल्ने जानकारी दिएको हो । यसअघि एन्फाले अघिल्लो संकरणको उपाधि पुरस्कार नपाएको भन्दै सहभागिता जनाउन नसक्ने बताएको थियो ।
एन्फाले प्राप्त गर्नु पर्ने रकम २८ तारिखभित्र आउने आश्वासन पाएपछि सहभागिता जनाउन लागेको हो । एन्फाले पुरस्कार राशी बापतको ५० हजार डलरमध्ये २५ हजार प्राप्त भएको र २५ हजार प्राप्त गर्न बाँकी रहेको जनाएको छ ।
त्यस्तै एन्फाले उक्त प्रतियोगिताको दौरान क्लबको खेल तालिका मिलाउने जनाएको छ । एन्फाले राष्ट्रिय टोलीमा रहने सदस्यहरु रहेको क्लबको खेल पछाडी सार्ने जानकारी दिएको छ ।
आगामी अक्टोबर १ देखि १२ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया