दक्षिण सुडानमा नेपाली शान्ति सेनामाथि गोली प्रहार

काठमाडौं । दक्षिण सुडानमा नेपाली शान्ति सेनामाथि गोली प्रहार भएको छ । गोली लागेर एक नेपाली शान्ति सेना घइते भएका छन् । 

शनिबार बिहान दक्षिण सुडानको एई क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सेना पानी लिन गएको चार गाडी मध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएको हो । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गोली चलाएपछि ती सरकारी सुरक्षाकर्मी भागेका थिए । उनले चलाएको गोली लागेर एकजना नेपाली सेना जवान घाइते भएका सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । 

गोली लागेका सैनिकको अवस्था खतरामुक्त रहेको भण्डारीले जानकारी दिए । 

साथै संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख तथा महासचिवका विशेष प्रतिनिधि डेभिड सियररले विज्ञप्ती निकालेर घटनाको निन्दा समेत गरेका छन् । 

‘संयुक्त राष्ट्रसंघको शान्तिसेना दक्षिण सुडानमा शान्ति स्थापना गर्न आएका हुन् । उनीहरुमाथिको आक्रमण स्वीकार्य हुँदैन । आक्रमणमा संलग्नमाथि सुडान सरकारले कारबाही चलाओस ।’ विज्ञप्तिमा उल्लेख छ । 

आफ्ना सेना घाइते भए पनि नेपाली सेनाले संयम्ता अपनाउँदै जबाफी फायरिङ नगरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?