भारत । भारतको लखनउमा जारी यू-१९ एक दिवसीय क्रिकेट रिरिजमा नेपाल विजयी भएको छ ।
आइतवार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १ सय ८९ रनको योगफ तयार पारेको थियो । १ सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा १ सय ६४ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने । सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २/२ विकेट लिए ।
अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई/दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया