नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने

काठमाडौं । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । 

सोमबारदेखि दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका महासेनानीको नेतृत्वमा १६ सैनिक सहभागी हुने भएका छन् । 

‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको सैन्य अभ्यास १२ दिनसम्म चल्ने छ भने नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त अभ्यास गर्न लागेको यो दोस्रो पटक हो ।

उनीहरू सोमबार नै छेन्दु प्रस्थान गर्ने सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग गर्ने संयुक्त अभ्यास प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा केन्द्रीत हुनेछ । 

२०७४ वैशाखमा पहिलो पटक नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?