पाकिस्तानमा नयाँ स्थानीय शासन प्रणाली स्थापित गर्दै र्इमरान खान

इस्लामावाद : पाकिस्तानमा नयाँ स्थानीय शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री र्इमरान खानले एक समिति बनाएका छन् । मुख्यत : स्थानीय निकायहरूलार्इ शक्तिशाली बनाउनेगरि देशको शासन प्रणालीमा व्यापक बदलाव ल्याउन प्रधानमन्त्री खानले प्रकृया अघि बढाएका हुन् ।

नवगठित समितिलार्इ एक महिनाभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । पाकिस्तानी पत्रिका डनमा प्रकाशित समाचारअनुसार समितिले दिने सुझावलार्इ कानूनी स्वरूप दिन १ महिनाभित्रै छलफल अघि बढार्इने उल्लेख छ । 

यस बर्षको जुलाई २५ गते सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्रीको दल पीटीआईले शक्तिको विकेन्द्रीकरणलाई चुनाबी नारा बनाएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले राज्यमा शक्तिको केन्द्रीकरणको यस पहिले भएको अभ्यासले सरकारी शासनबारे जनताको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको बताएका छन् । 

राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको प्रधानमन्त्री खानले उल्लेख गरे । स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताएका हुन् । 

प्रधानमन्त्री खानलाई उद्धृत गर्दै पाकिस्तान रेडियोले भनेको छ, “नागरिकले आफ्नो विकास र अधिकारका लागि आफै निर्णय लिन पाउनुपर्छ अर्थात् जनताको प्रत्यक्ष सहभागितामा हुने काम जनमुखी हुनसक्छन् । अन्यथा पाकिस्तानमा स्थानीय निकायलाई बलियो बनाउन सकिँदैन ।” 

क्रिकेटबाट पाकिस्तानलाई विश्वसामु चिनाउन सफल भएका पाकिस्तानी प्रधानमन्त्रीले स्थानीय सत्तालाई सक्रिय गराइने बताए । उनले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रभाब क्षेत्र खाइबर पाकतुङ्ख्वा प्रान्तको उदाहरण भने, ''पाकतुङ्ख्वा प्रान्तमा स्थानीय निकायलाई दिइएको अधिकारले उक्त राज्यलाई समृद्धितर्फ डोराएको छ ।''

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?