र्इटालियन सिरी ए : सासुलोको पोष्टमा रोनाल्डोको २ गोल

काठमाडाैं : र्इटालियन सिरि ए अन्तगर्त अार्इतबार भएको खेलमा युभेन्टसका क्रिश्चियानो रोनाल्डोले सासुलोको पोस्टमा २ गोल प्रहार गरेका छन् । 

यसै सिजनमा स्पेनिश क्लब रियल मड्रिडबाट युभेन्टस गएका रोनाल्डोले नयाँ क्लबका लागि खेलेको चाैथो खेलमा लगातार २ गोल गर्न सफल भए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ शुरू भएलगत्तै ५० अाैं मिनेटमा रोनाल्डोले गोल गरे । रोनाल्डोका लागि यो सिरि ए मा 'डेब्यु' गोल हो ।

६५ अाैं मिनेटमा सासुलोको पोस्टमा रोनाल्डोले पुन : अर्को गोल थपे । सासुलोका खाैमा बाबाकरले ९१ अाैं मिनेटमा युभेन्टसबिरूद्ध गोल गरेपनि जीतका लागि त्यो पर्याप्त भएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?