यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद मूल्य ११४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रूपैयाँ २६ पैसा तोकिएको छ ।

युरो १ को खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५० रूपैयाँ ६४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३७८ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३८० रुपैयाँ ५८ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०४ रुपैयाँ १० पैसा र बिक्रिदर ३०५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?