आफैं हार्ने ट्रम्पको ‘प्यालेस्टाइन नीति’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनीहरूलाई गलाउन अंगीकार गरेको प्यालेस्टाइनी नीतिले उनी आफै हार्ने भएका छन् ।

मध्यपूर्वमा सञ्चार स्वतन्त्रताको वकालत गर्ने अगुवा प्रिन्सटन युनिभर्सिटीको पूर्व प्रोफेसर र रमल्लाहस्थित अल कुद्स युनिभर्सिटीमा आधुनिक सञ्चार प्रतिष्ठानका संस्थापक र पूर्व निर्देशक समेत रहेका दाउद कुतबले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वासिंटनमा प्यालेस्टाइन लिब्रेसन संगठन(पीएलओ)को कार्यालय बन्द गराउने घोषणा गरेका छन् ।

यस अघि पूर्वी जेरुसलममा रहेका ६ अस्पतालमा दिने गरिएको २ करोड ५०लाख अमेरिकी डलरको सहयोग ट्रम्प प्रशासकले नदिने घोषणा गरेको थियो ।

गत महिना प्यालेस्टाइनी शरणार्थीहरूका लागि शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहयोग गर्ने राष्ट्रसंघीय नियोग युएनआरडब्लुएलाई दिइने सबै सहयोग कटौती गर्ने घोषणा ट्रम्पले गरेका थिए ।

ट्रम्पले यसो गुर्नको मुख्य कारण प्यालेस्टाइनीलाई गलाएर कुनै अर्को नयाँ सम्झौता गराउनु उद्देश्य लिएको देखिन्छ ।

सन् १९४८मा इजरायल स्थापना हुँदा त्यहाँबाट घरवार छोडेर भाग्नु परेका प्यालेस्टाइनीहरूलाई त्यहाँ फिर्ता हुने माग  छाडन यो दबाब दिइएको छ ।

दाउदले एक लेखमा भनेका छन् कुनै पनि सम्झौताका सफलता त्यहाँका दुबै पक्षका अधिकांश जनताले स्वीकार गर्ने अवस्थामा निहित हुन्छ ।

प्यालेस्टाइनी जनताको ठूलो संघर्ष र बलिदान भएको छ । अमेरिका र इजरालका लागि ट्रम्पको यो ब्ल्याकमेललाई त्यसै स्वीकार गर्नेमा शंका भएको उनले जनाए ।

यसका लागि मौलिक यथार्थलाई टेकेर गरिने कुनै सम्झौता आवश्यक हुनेछ ।

मध्यपूर्वमा शान्ति कायम गराउनका लायि गत आधा शताब्दी भित्र दुईटा सम्झौताहरू भएका छन् ।

सन् १९७८मा डेभिड क्याम्प सम्झौता र सन् १९९३मा ओस्लो सम्झौता । डेभिड क्याम्प सम्झौता इजरायल र इजिप्टबीच भएको हो भने ओस्लो इजरायल र प्यालेस्टाइनबीच भएको हो ।

सम्झौताहरू बन्द ढोका भित्र भएका छन् । 

बन्द ढोका भित्र भएका सम्झौताहरू न्यायपूर्ण हुनै पर्छ ।

यस्तो अवस्थामा ट्रम्पले खोेजेको एकांकी सम्झौताले प्यालेस्टाइनलाई नभएर ट्रम्पलाई नै हराउने भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?