काठमाडौं । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ ।
झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।
अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेव्रुवरीदेखि गोली चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।
गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया