ट्रम्पले यौन आक्रमणकारीलाई सर्वोच्चका न्यायाधीश मनोनयन गरेको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतका लागि मनोनयन गरेका ब्रेट कवानाउफ यौन आक्रमणकारी भएको आरोप लगाइएको छ ।

यो आरोप लगाउने महिलाले आफ्नो पहिचान खुलाएकी छिन् ।

क्रिस्टिन ब्लासे फोर्डले वासिटन पोस्टलाई ट्रम्पले मनोनयन गरेका कभानाउफले आफूलाई बेडमा बाँधेर नाङ्गो पार्न खोजेको बताएकी छिन् ।

दुबै किशोरावस्थामा हुँदा उनले आफूसँग यस्तो व्यवहार गरेको बताएकी हुन् ।

कवानाउफले पहिलो पटक सार्वजनिक हुँदा यो आरोपलाई  अस्वीकार गरे ।

सिनेटको न्यास समितिलेका शीर्ष सदस्यहरूले दुबैसँगको कुराकानी गर्ने भएको देखिएको छ ।

समितिका रिपब्लिकन अध्यक्ष सिनेटर चुक ग्रास्लीले यो विवादलाई समाधान गर्न सक्रियरूपमा काम गरिरहेको बताए ।

गत साता ५३ वर्षीय कभानाउफसँग सोधपुछ गरिएको छ । उनको नामलाई अगाडि बढाइने हो वा होइन त्यसबारे सिनेटमा बिहीबार मतदान हुने भएको छ ।

पालो अल्टो युनिभर्सिटीमा मनोविज्ञानकी प्रोफेसर रहेकी फोर्डले सन् १९८२मा कवानाउफले साथीहरूसँग मिलेर यौन आक्रमण गर्न खोजेको बताइन् ।

उनीहरू रक्सी पिएका थिए चिच्याउन खोज्दा मुख थुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?