तिनाउ विकास बैंकले १२% बोनस शेयर दिने

काठमाडाैं : तिनाउ विकास बैंकले अाफ्ना शेयरधनीलार्इ १२% बोनस शेयर त्यसको करबापत तिर्नुपर्ने नगद लाभांस वितरण गर्ने भएको छ । 

अघिल्लो बर्षको तुलनामा बैंकको नाफा घटेपनि बैंकले नगद घटार्इ बोनस शेयर दिन लागेको हो । अार्इतबार बसेको बैंक सञ्चालक समितिले गत बर्षको कमार्इबाट बोनस शेयर दिने प्रस्ता गरेको छ । 

बैंकले अघिल्लो बर्ष १०% बोनस शेयर र ५% नगद वितरण गरेको थियो । यो पटक भने बोनस शेयर १२% पु-यार्इ कर प्रयोजनका लागि मात्र नगद लाभांश दिन लागेको हो । बोनस बापतको करका लागि बैंकले ३२ लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ । 

बैंकले अब बोनस शेयर बाँड्ने प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकमा पठाउनेछ । राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र अब हुने साधारणसभाले यो प्रस्तावलार्इ पारित गर्न सक्नेछ । 

अघिल्लो अार्थिक बर्षमा ९ करोड ५० लाख ६९ लाख रूपैयाँ खुद नाफा गरेको तिनाउले गत अार्थिक बर्षको अन्त्यसम्ममा जम्मा ७ करोड १७ लाख रूपैयाँमात्र खुद नाफा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?