काठमाडौं । यहि असोज दोस्रो साताबाट शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई मध्यनजरमा राख्दै फ्रेण्ड्स क्लबले बंगलादेशका एक खेलाडीलाई क्लबमा अनुबन्ध गरेका छन् ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले चार विदेशी खेलाडीमध्ये एक दक्षिण एशियाली राष्ट्रका खेलाडीलाई समावेश गर्नुपर्ने नयाँ नियम लागु गरेको थियो ।
सो नियमको पालना गर्दै फ्रेण्ड्स क्लबले बंगलादेशका गोलरक्षक नुरुल करिमलाई क्लबमा भित्राएका हुन् । तर, कति मुल्यमा क्लबमा आवद्ध गरेको हो त्यो भने खुलाइएको छैन् । करिम बंगलादेशको यू-२१ टिमको पूर्व गोलरक्षक हुन् ।
उनले ब्रदर्श युनियन, ढाका अब्हानी क्लब, टिम बिजेएमसी र भिक्टोरिया सर्पोटिङ क्लबबाट फुटबल खेलिसकेका छन् । फ्रेण्ड्स क्लबका अध्यक्ष राजिब पौडेलले उनलाई आइतवार नै जर्सी हस्तान्तरण गरिसकेका छन् ।
यस पटकको ‘ए’ डिभिजन लिगमा १४ क्लबहरुले सहभागिता जनाउँदै छ । प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ जित्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया