जनसेवी लघुवित्तले ४ लाख २० हजार कित्ता अार्इपीअो जारी गर्न अनूमति माग्यो

काठमाडाैं : पर्वत जिल्लाको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख २० हजार कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्नका लागि पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनूमति मागेको छ । 

प्रतिकित्ता १ सय रूपैयाँका दरले ४ करोड २० लाख रूपैयाँ बराबरको अार्इपीअो जारी गर्नका लागि यो वित्तीय संस्थाले धितोपत्र बोर्डमा अावेदन दिएको हो । 

यो कम्पनीमा हाल ९ करोड ८० लाख रूपैयाँबराबरको संस्थापकतर्फको चुक्ता पूँजी छ । अार्इपीअो जारी गरेपछि चुक्ता पूँजी १४ करोड रूपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।जनसेवीले शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललार्इ नियुक्त गरेको छ । 

वि.सं. २०७२ साल कार्तिक २२ गतेदेखि कारोबार सञ्चालन गरेको जनसेवीले हाल गोर्खा, पर्वत, गुल्मी, कास्की, लमजुङ, तनहुँ, बाग्लुङ, म्याग्दी, रूकुम र रोल्पागरि १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । यो संस्थाले हाल २१ शाखाबाट लघुवित्त सेवा प्रवाह गर्दै अार्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?