सुरवीरले जिते नमूना बौद्ध मास्टर्स चेसको उपाधि

काठमाडौं । सुरवीर लामाले नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । 

बौद्धस्थित नमूना चेस क्लवको हलमा भएको प्रतियोगितामा सात चरणमा ६ अंकसहित उपाधि जितेका लामाले ५० हजार पुरस्कार हात पारे । स्वीस लिग फर्म्याटअनुसार खेलाइएको प्रतियोगिताको सातौं चरणमा लामाले राजन सुवेदीलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

साढे ५ अंकसहित दोस्रो भएका क्याण्डिडेट मास्टर कृष्ण थापाले ३० हजार पुरस्कार पाए । अन्तिम चरणको खेलमा उनले क्याण्डिडेट मास्टर केशव श्रेष्ठलाई हराउँदै दोस्रो स्थानमा आएका हुन् ।

समान साढे ५ अंक भए पनि बुकोल्सका आधारमा अर्का क्याण्डिडेट मास्टर मदनकृष्ण कायस्थ तेस्रो भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सातौं चरणको खेलमा श्रेष्ठले फिडे मास्कर मनिष हमाललाई पराजित गरेका थिए ।

समान पाँच अंक भए पनि फिडे मास्कर मनिष हमाल चौथो र क्याण्डिडेट मास्टर केशव श्रेष्ठ पाचौं भए । उनीहरुले जनही क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीको रुपमा शान्ति धिमालले १० हजार तथा उत्कृष्ट क्लव खेलाडीको रुपमा आयोजक नमूना बौद्ध चेस क्लवका निरञ्जन पुडासैनीले १० हजार रुपैयाँ पुरस्कार हात पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?