वीरगञ्जको अन्नपूर्ण साबुन उद्योगमा भिषण आगलागी

वीरगञ्ज । बाराको अमृत वनस्पति घ्यू उद्योग परिसरभित्र रहेको अन्नपूर्ण केमिकल्स एण्ड सप प्रालिमा आगलागी भएको छ । 

बारा, परवानीपुर गाउँपालिका वडा नं. ३ चैनपुरमा रहेको अन्नपूर्ण केमिकल्स एण्ड सप प्रालि (साबुन उद्योग)मा सोमबार बिहन ७ बजेबाट आगो लाग्न शुरु भएको हो । आगो हालसम्म पनि  नियन्त्रणमा आएको छैन ।

पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार आगो नियन्त्रण गर्ने कार्य भइरहेको छ । तर, नियन्त्रणमा लिन सकिएको छैन ।

आगो नियन्त्रणका लागि वीरगंज महानगर, पोखरीया नगरपालिका र अमलेखगन्ज नेपाल आयल निगमको डिपोबाट आएको वारुणयन्त्र तथा सुरक्षाकर्मीहरू खटेका छन् । 

दबंग र मकालु ब्रान्डको कपडा धुने साबुन उत्पादन गर्ने उद्योगमा आगलागी भएको हो । 

आगो के कारणले लागेको हो यकिन भएको छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?