लोपेटगुई भन्छन्, ‘‘अमेरिकीमा खेल खेलाउदा लिग फुटबल कमजोर बन्छ’’

एजेन्सी । रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटगुईले अमेरिकामा हुने ला लिगा आयोजनाका बारेमा आलोचना गरेका छन् । 

प्रशिक्षक लोपेटेगुइले यस योजनाले क्लबको प्रतिस्पर्धा कमजोर गर्ने आरोप लगाएका हुन् ।

मंगलबार बार्सिलोना, जिरोना र ला लिगाले स्पेनिस फेडरेशन ‘आरएफइएफ’सँग लिगको एक खेल अमेरिकामा स्थानान्तरण गर्ने अनुमतिबारे सोधपुछ गरेको थियो । उक्त प्रस्तावमा जिरोना र बार्सिलोनाको खेल २६ जनवारीमा मायामीको हार्ड रक स्टेडियममा आयोजना हुने तय भएको छ । 

यस अघि स्पेनिस खेलाडी संघ ‘एएफइ’ ले पनि यस खेलको विरोध गरेको थियो । सोमबार ला लिगासँगको बैठकपछि खेलाडीलाई अन्तिम निर्णय गर्ने अधिकारी दिनुपर्ने निष्कर्ष निक्लेको थियो ।

ला लिगा र अमेरिकी मिडिया कम्पनी रिलेभेन्टसँग १५ वर्षे सम्झौता अनुसार अमेरिकामा एक खेल खेलाउन लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?