काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालन समितिको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएका छन् ।
नेपाल सरकारले झापाका मदन खरेललाई नियुक्त गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
नेपाल सरकारले चाहेमा समितिको अध्यक्ष, उपाध्यक्ष वा कुनै संचालकलाई यो ऐन बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत सुम्पी कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
यसरी नियुक्त भएको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको तलव, भत्ता र सेवाका अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुने ऐनमा उल्लेख छ ।
खरेललाई सरकारले शुक्रबार सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको थियो ।
यसअघि २०७० जेठ १४ गते चार वर्षका महाप्रबन्धक भएका खरेलले एक वर्षभित्रै राजिनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया