साफ यु-२० : बंगलादेशविरुद्ध नेपालकाे किकअफ

लोकपथ
504
Shares

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप २०२२ अन्तर्गत लिग चरणको अन्तिम खेलको किकअफ भएको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बलियो टोली बंगलादेशसँग भिड्दै छ ।

भारतको भुवनेस्वरस्थित कालिङ्गा रंगशालामा सुरु भएको खेलमा नेपाल ‘डु अर डाइ’ को अवस्थामा रहेको छ ।

बंगलादेशविरुद्ध नेपाललाई खेलमा सुखद नतिजा मात्र ल्याएर फाइनल यात्रा सम्भावना रहँदैन । नेपालले ९-० अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।

यता, आज नै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा माल्दिभ्सले अप्रत्याशित नतिजा निकाले नेपालको भाग्य खुल्नेछ ।

तीन खेलमा ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालभन्दा भारत गोलअन्तरमा निकै माथि छ ।

बंगलादेशले पहिलो खेलमा श्रीलकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।

बंगलादेशमाथि जित निकालेमा नेपालको खातामा पनि ९ अंक हुनेछ । दोस्रो खेलमा भारतले माल्दिभ्सलाई हराएमा घरेलु टोलीको पनि ९ अंक हुनेछ । यस्तो अवस्थमा राम्रो गोलअन्तरको आधारमा भारत र बंगलादेशले शीर्ष दुई स्थान पक्का गर्दै फाइनलको टिकट काट्नेछन् ।

पहिलो दुई खेलमा नेपालले क्रमशः माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले हराएको थियो । तर, फाइनलमा दाबेदारी प्रस्तुत गरेको नेपालका लागि तेस्रो खेलमा भारतसँग व्यहोरेको ८-० को लज्जास्पद हार व्यहोर्नु घातक बनेको छ ।

यो पनि पढ्नुहोस् : ‘डु अर डाइ’ : नेपाल भर्सेज बंगलादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?