ललितपुर । ललितपुर महानगरपालिका – २५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ ।
उक्त बेसबल खेल मैदान लालीगुराँस क्लबले निर्माण गरेको हो । उक्त खेल मैदानको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का सांसद पम्फा भुसालले उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकास देश विकासको आधार भएकाले उक्त मैदानले मुलुकमा बेसबल खेलको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
लालीगुराँस बेसबल क्लब, जापानका अध्यक्ष योसेइ कोव यासी, नेपाल बेसबल संघका अध्यक्ष अजीत शम्शेर राणा र ललितपुर बेसबल संघका अध्यक्ष केशव थापा र श्रीकुल विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कार्कीले बेसबल खेलको विकासका लागि आफूहरु लागि पर्ने धारणा राखे ।
उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदूत साइगो मचाहिति र प्रदेश नं ३ का सभासद् राजकाजी महर्जन उपस्थित थिए । स्थानीयवासी मोहिनी मिश्र रिसालले श्रीकुल विद्यालय र सो खेल मैदानका लागि जग्गा उपलब्ध गराएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया