समीट माइक्रोफाइनान्सले २३.५३ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । समीट माइक्रोफाइनान्सले २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

आइतबार बसेको माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट आफ्ना लगानीकर्ताहलाई दिने प्रतिफल प्रस्ताव गरेको हो ।

अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी १७ करोड रहेको छ भने प्रस्तावित बोनस वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा एक बराबर एकको अनुपातमा हकप्रद शेयर समेत निष्काशन गरेको माइक्रोफाइनान्सले एकै पटक ७ करोडको पूँजीलाई १७ करोड पुर्याएर २३.५३ प्रतिशत बोनस वितरण गर्न सक्नुले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा माईक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस तथा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?