नाडा अटो शो : चार पाङग्रे सवारीसाधनको अवार्ड फक्सवागेनलाई

काठमाडौं । सवारीसाधनहरुको कुम्भमेला ‘नाडा अटो शो’ मेलामा उत्कृष्ट चार पाङ्ग्रेको अवार्ड फक्सवागेनले जितेको छ । 

मेलामा  फक्सवागेनको लागि नेपालको आधिकारिक विक्रेता पुजा इण्टरनेशन नेपाल प्रा.लिले उत्कृष्ठ चार पाङ्ग्रे गाडीको अवार्ड जितेको नाडाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। त्यस्तै, उत्कृष्ट दुई पाङ्ग्रे सवारीसाधनतर्फ ‘टीभीएस’को लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लिले जितेको छ ।

अटो पार्टस, ब्याट्रि, टायर र लुव्रिकेण्टसतर्फको अवार्ड रीता अटोमोवाइल्स प्रा.लिले हात पारेको छ । मेलाको मुख्य आर्कषणको रुपमा रहेको नयाँ ब्रान्डका सवारी साधन र  ब्रान्डले ल्याएका इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको प्रेस बिज्ञप्तीमा जनाइएको छ।  

यसैबीच नाडा अवलोकन गर्ने कुपन नम्बर  ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५० र ०२६६३९ का अवलोकनकर्ताले डोर प्राइजका रुपमा कुल प्याड मोबाइल जितेको नाडाले जानकारी दिएको छ । 

मेलामा १९ वटा ब्राण्डका  चार पाङग्रे तथा २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू राखेका थिए । 
 
‘नाडा अटो शो मेलामा’ पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी कुल ७१ कम्पनीहरूले सहभागिता जनाएको थियो भने साना—ठूला गरी १ सय ३४ वटा ब्लक तथा स्टलहरू राखेका थिए । 
आइतवार सम्पन्न भएको ‘अटो शो’ मा ६५ हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेको ‘नाडा’ले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?