इंग्लिस प्रिमियर लिगमा वेस्टह्यामको पहिलो जीत, इभर्टन पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टह्याम विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा वेस्टह्याम युनाइटेडले इभर्टनलाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलो जीत हात पारेको हो  । लिगमा पाँचौ चरणको खेल खेलेको वेस्टह्यामले यसअघि खेलको चार वटै खेलमा पराजय बेहोरेको थियो । 

खेल शुरु भएको ११ मिनेटमा नै वेस्टह्यामका लागि आन्द्रे एमोलेन्कोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै, ३१ औँ मिनेटमा एमोलेन्कोले व्यक्तिगत दोस्रो गोल गरे । खेलको पहिलो हाफ सकिनै लाग्दा इभर्टनका लागि सिगर्सनले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । 

वेस्टह्यामका लागि एमोलेन्कोले २ तथा मार्को अर्नोटोभिकले १ गोल गरेका थिए । भने एभर्टनका लागि सिगरसनले एक गोल फर्काए ।

दोस्रो हाफको ६१ औँ मिनेटमा मार्को अर्नोटोभिकले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल वेस्ह्यामले ३-१ ले जित्यो । जितपछि वेस्टह्यामले महत्वपूर्ण ३ अंक जोडेका छ ।

जितसँर्गै वेस्टह्याम लिगको १६ औँ स्थानमा छ । १५ अंक सहित चेल्सी लिगको शिर्ष स्थानमा यथावत छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?