काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फेरी खेलमा फर्किएको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलको दोस्रो हाफमा एक गोल अन्तरले पछि परेको नेपालका लागि निरञ्जन मल्लले एक गोल गरे ।
खेलमा नेपाल र बंगलादेश दुबै टोली १० खेलाडी समेटिएका छन् । बंगलादेशका सहिदुल इस्लाम र नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।
त्यस्तै, नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया